अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १ गते।
आज पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो ।
नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख २२ हजार ३३६ पुगेको छ ।
त्यस्तै थप ५९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार १६ जना निको भएका छन् ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५३ जनाले ज्यान गुमाइसकेका छन् ।