अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ४ गते।
हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पश्चिमी भू-भागमा सरदरको आसपास अवस्थित रहेको छ।
देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।