वीरगञ्जबाट ठूलो मात्रामा लागुऔषधसहित एक जना युवक पक्राउ

अनलाईन न्युजपाटी ,कृष्णा यादव, बिरगंज,समाचारदाता,साउन ७ गते।

जिल्ला प्रहरी कार्यालय पर्साले  ठुलो मात्रामा अवैध लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले  विशेष सुचनाको आधारमा अपराध अनुसन्धान शाखाका प्रमुख एवम प्रहरी निरीक्षक प्रज्जवल थपलियाको कमाण्डमा खटिएको टोलीले भारतिय  नम्बर BRO7Y8201 नम्बरको सुजुकी मारुती कारलाई रोकी चेकजाँच गर्दा कारको सिटमुनी फल्स बटम बनाई कागजले वेरी राखिएको अवस्थामा लागुऔषध फेनारगन ८८६ एम्पुल , डाईजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल गरि जम्मा ३०१९ पी र नाईट्रभेट १७८५ ट्याब्लेट सहित भारतिय कारलाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्वर १० का बर्ष ३१ को अनिल कुमारलाई पक्राउ गरि लागुऔषध सम्बन्धि  कसूर  अनुसन्धान अगाडि बढाएको  पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *