मंकीपक्सको प्रकोपलाई लिएर डब्लुएचओ द्धारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ८ गते।

मंकीपक्सको प्रकोपलाई लिएर डब्लुएचओले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।​

यो वर्गीकरण विश्व स्वास्थ्य संगठनले जारी गर्न सक्ने सबैभन्दा उच्च सतर्कता हो र विश्वभर मंकीपक्सको बिरामीको संख्या बढेपछि यस्तो निर्णय लिइएको हो ।

मंकीपक्स प्रकोपलाई लिएर विश्व स्वास्थ्य संगठनको आपतकालीन समितिको दोस्रो बैठकको अन्तमा यो निर्णय लिइएको हो ।

डब्लुएचओका अनुसार मंकीपक्सका कारण हालसम्म विश्वभर कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *