आज ६६० जनामा कोरोना संक्रमण थपिए, कुल संख्या ११ लाख ३४ हजार १८५ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २१ गते।

आज पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३४ हजार १८५  पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७१  पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ४४ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७२ हजार ०६४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *