अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,असार २१ गते।
बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यमा भएको अत्याधिक बृद्धिको विरोधमा जनता आन्दोलनमा उत्रिएका छन् ।
सरकारले शुक्रबार पेट्रोलमा ५१ दशमलव ७ प्रतिशत र डिजेलको मूल्य ४२ दशमलव ५ प्रतिशतले बढाएको थियो ।
त्यसपछि देशका विभिन्न पेट्रोल पम्पमा हजारौंको संख्यामा मानिस जम्मा भएर सरकारविरुद्ध नाराबाजी गर्न थाले ।
शुक्रबार सरकारद्धारा मूल्यवृद्धिको घोषणा गर्नुअघि नै सयौंको संख्यामा मोटरसाइकल सवारहरु पेट्रोल पम्प तेल भर्न भिड लागेको थियो ।
समाचार एजेन्सी अनुसार यसका कारण धेरै अराजकता भएको थियो। पेट्रोल र डिजेलको मूल्यमा भएको यो भारी बृद्धिले लाखौंको जनजीवन प्रभावित भएको आन्दोलनकारीको भनाइ छ ।
रुस–युक्रेन युद्धबाट कच्चा तेलको आपूर्तिमा आएको समस्याले बंगलादेशमा ठूलो प्रभाव पारेको छ।
बंगलादेशमा पछिल्लो समय देखिएको ऊर्जा सङ्कटले विद्युत आपूर्तिमा पनि प्रभाव पारेको छ । देशका कतिपय स्थानमा १३ घण्टा विद्युत् कटौती भएको छ ।
पछिल्लो तीन महिनामा बंगलादेशको मुद्रा टकाको मूल्य डलरको तुलनामा २० प्रतिशतले घटेको छ ।