आज देखि दल दर्ता सुरु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २२ गते।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आइतबारदेखि राजनीतिक दल दर्ता सुरु हुँदै छ। सरकारले मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेपछि आयोगले निर्वाचन तयारी तथा व्यवस्थापन अन्तर्गत दल दर्ता आह्वान गरेको हो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताए । काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा दल दर्ता गर्न कार्यालय समयभित्र जानुपर्ने छ ।

आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलको पूरा र संक्षिप्त नाम, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति उल्लेख गर्नुपर्नेछ।

प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्नेछ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *