अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २२ गते।
आज पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३४ हजार ७३८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७१ पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ३३ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७२ हजार ४९७ पुगेको छ ।