अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ४ गते।
आज पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ९९६ पुगेको छ ।
त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण थप २ को मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९२ रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ७७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७८ हजार ४२२ पुगेको छ ।