लागूऔषधसहित दुईजना भारतीय नागरिक बाराको कलैयाबाट पक्राउ

अनलाईन न्युजपाटी ,बिरगंज,समाचारदाता,भदौ ४ गते।

लागूऔषधसहित दुईजना भारतीय नागरिक बाराको कलैयाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना ग्राम पञ्चायत कोरैया–१ का ३२ वर्षीय चन्दन मिश्रा र २ का २५ वर्षीय धर्मजित कुशवाहा रहेका छन् ।

भारतको बिहारबाट नेपाल आएको बीआर ३० आर ९३९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूको पिठ्युमा बोक्ने झोलाभित्र लुकाईछिपाई नेपालमा बिक्रीका निम्ति ल्याएको डाइजेपाम, फेनारगन र नुर्फिन ६-६ सय थान र नाइट्राभेट-१० ३ सय थान लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

लागुऔषध फेला परेपश्चात उनीहरू सवार मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय बारा ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *