अनलाईन न्युजपाटी ,बिराटनगर,समाचारदाता,भदौ १३ गते।
प्रतिबन्धित लागुऔषध सहित ६ जना बिराटनगरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनससरीको रामधुनी नगरपालिका-८ बस्ने २७ वर्षीया सरस्वती गुरूङ, सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका- १० बस्ने २६ वर्षीय विकास थापा, मोरङको विराटनगर महानगरपालिका- १५ बस्ने २४ वर्षीय बरूण साह रहेका छन् ।
बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका-८ घर भई बिराटनगर-१४ मुण्डा पोखरी स्थितमा डेरा गरी बसेकी २७ बर्षीया सरस्वती गुरुङको कोठा खानतलासी गर्ने क्रममा १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।