अनलाईन न्युजपाटी ,रौतहट,समाचारदाता,भदौ १३ गते।
२०४ किलो अवैध लागुऔषध गाँजा रौतहटको गौरबाट बरामद भएको हो ।
जिल्लाको गौर नगरपालिका–२ स्थित बकैया खोला किनारमा सुरक्षाकर्मीलाई देखेपछि गाँजा कारोबारी भागेका हुन् ।
प्रहरीलाई देखेपछि भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा कारोबारीले फालेको २ सय ४ किलो गाँजा प्रहरीले बरामद गरेको हो ।
बरामद भएको गाँजाका बारेमा थप अनुसन्धान भइरहेका डिएसपी मल्लले बताए ।