दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज १ देखि

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २२ गते।

दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज १ देखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले असोज १ गतेदेखि दशैंका लागि टिकट बुकिङ खुल्ने जानकारी दिएको हो ।

देशमा विभिन्न क्षेत्रबाट काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि बसेकाहरुको लागि दशैँ मनाउन घर जान अग्रीम टिकट बुकिङ खुला गरिएको हो । एकैपटक काठमाडौं छोड्नेको भीड बढ्ने भएकोले विगत केही वर्षदेखि दशैँ अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *