अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २३ गते।
आज पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४९ हजार ७५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ६८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८३ हजार ९४९ पुगेका छन् ।