अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २३ गते।
युएईमा जारी एसिया कप टी-२० क्रिकेटको फाइनलमा पाकिस्तान प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
अफगानिस्तानले दिएको १३० रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर २ बलमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
पाकिस्तानका लागि शादब खानले सर्वाधिक ३६ रनको योगदान गरे । त्यस्तै इथफिकर अहमदले ३० रन बनाउँदा मोहमद रिजवानले २० रनको योगदान गरे । अफगानिस्तानका लागि फाजाहक फारोइक र फारेद अहमेदले समान तीन–तीन विकेट लिए । त्यस्तै रासिद खानले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।
अफगानिस्तानका लागि इब्राहिम जर्दानले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै जाहिजले २१ रन बनाउँदा रासिद खानले १८ रनको योगदान गरे । पाकिस्तानका लागि हरिस राउफले दुई विकेट लिए । यो जितसँगै पाकिस्तान फाइनलमा पुगेको छ । अफगानिस्तान र भारत बाहिरिएको छ ।