आज थपिए २०३ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख ५० हजार ५५४ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २८ गते।

आज पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०० पीसीआर परीक्षणमा ८७ जना र ३७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ५५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *