आज मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज ३ गते।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

सोमबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *