अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज ५ गते।
ललितपुरको धोबीघाटमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा तीन जना घाइते भएका छन् ।
आगजनी आज दिउँसो भएको हो।
आगो नियन्त्रणका लागि दमकलसहित अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ ।
घाइतेहरूलाई उपचारका लागि अस्पतालमा लगिएको छ ।