अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज ६ गते।
रुकुम पूर्वमा बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ।
आज दिउँसो ३ बजे भएको दुर्घटनामा परि तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जानकारी दिए।
उनका अनुसार दुई जना पुरुष र एक महिलाको मृत्यु भएको हो।
काठमाडौंबाट रुकुम पूर्व तर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस मध्य पहाडी लोकमार्ग भूमे गाउँपालिका-२ थाबाङ बगरमा दुर्घटनामा परेको डिएसपी डाँगीले बताए।
घाइतेलाई उद्धार गरि स्थानीय मेडिकल र जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए।