आयात प्रतिबन्धलाई निरन्तरता दिने सरकारको निर्णय

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज २८ गते।

आयात प्रतिबन्धलाई निरन्तरता दिने सरकारले निर्णय गरेको छ ।

मोबाइल, गाडी, मोटरसाइकल र मदिरा (विलासी वस्तु)को आयात प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले विलासी बस्तुको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउन सिफारिस गरेको हो ।

सरकारले ढुकुटीमा विदेशी मुद्राको सञ्चिती कम भएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धलाई थप कडाइ गर्दै सरकारले ३१ असारमा प्रतिबन्ध लम्ब्याएको थियो । तर, १४ भदौमा कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई यथावत राखेको थियो ।

चार महिनाअघि लगाएको प्रतिबन्धको म्याद आज सकिने भएपछि मन्त्रालयले सो प्रतिबन्धलाई अझै २ महिना लम्ब्याउने निर्णय गरको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *