अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,असोज २८ गते।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस प्रदेशमा नेपाली काँग्रेसबाट सरकारमा सहभागी तीन जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।
कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् ।
तीनै जना मन्त्री २०७८ सालको जेठ २६ गते नियुक्त भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीलाई बर्खास्त गरेपछि मुख्यमन्त्री राउतले पनि मधेस सरकारको मन्त्रिपरिषदबाट नेपाली काँग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
रिक्त तीन वटै मन्त्रालय मुख्यमन्त्री राउतले नै सम्हाल्ने पनि प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।