आज मंसिर कृष्ण चतुर्दशी अर्थात शतबीज छर्ने दिन

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर ६ गते।

आज मंसिर कृष्ण चतुर्दशी अर्थात शतबीज छर्ने दिन । बालाचतुर्दशी पनि भनिने आजको दिन शिवालयहरुमा शतबीज छर्ने गरिन्छ । शतबीज छेरर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समाप्त हुन्छ ।

मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन सोमबार राति पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरी बसेका भक्तजनले बिहान स्नान गरी शतबीज छरेका छन् ।

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै महादीपदान गरिन्छ । यो पर्वलाई पशुपतिनाथ मेलाका रुपमा समेत चिनिन्छ । महादीपदान गर्न सोमबार बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको चहलपहल सुरु भएको थियो ।

प्रा. डा. रामचन्द्र गौतमका अनुसार भगवान् शिवले मृगको रूप धारण गरेर घुमेको क्षेत्रमा बालाचतुर्दशीको दिन एक गेडा बीऊ छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने विश्वास छ ।

हेमाद्रीलगायत धर्मशास्त्रमा उल्लेख भएअनुसार बालाचतुर्दशीको दिन धानका एक सय गेडा छर्ने उल्लेख छ । तर फूलमा मिसाएर मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न छर्ने चलन छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *