फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरू हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर ६ गते।

कतार फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरू हुँदैछन् ।

आज समूह ‘सी’ र समूह ‘डी’को दुई दुई खेलहरू हुनेछन् ।   पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । उपाधि दाबेदार अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

विश्वकप अन्तर्गत नै हुने तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र मेक्सिकोबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

त्यस्तै चौंथो खेलमा साविक विजेता फ्रान्सले अष्ट्रेलियाको सामना गर्नेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *