अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर ६ गते।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीको अग्रता छ ।
जनमत पार्टीका उम्मेदवार डा. सिके राउत दोब्बर बढी मतले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतगणना परिणाम अनुसार जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले १२ हजार २२५ मत ल्याउँदा यादवले ६ हजार २० मत प्राप्त गरेका छन् ।
यस्तै अर्का उम्मेदवार जेपी ठाकुरले २३४४ मत पाएका छन् ।