अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर ५ गते।
इन्डोनेसियामा आज आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । योसँगै ३ सय जना घाइते भएको बताइएको छ ।
युएसजीएसका अनुसार रिक्टर स्केलमा यस भूकम्पको तीव्रता ५ दशमलव ४ मापन गरिएको छ ।
भूकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट १०० किलोमिटर टाढा रहेको सियानजुर रहेको समाचारमा जनाइएको छ ।