अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर ६ गते।
विश्वकप फुटबलमा सोमबार राति भएको पहिलो खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २–० गोल अन्तरले हराएको हो ।
अल थुमामा रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डभे कालाशेनले एक–एक गोल गरे । खेलको ८४ औं मिनेटमा गाग्पोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
उनले डी योङको पासमा डेड गोल गरेका हुन् । खेलको इन्ज्यूरी समयमा कालेसेनले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।
जितसँगै समूह ए मा रहेको नेदरल्यान्ड्सले एक खेलमा ३ अंक जोडेको छ ।