अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर २६ गते।
धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमानले आफ्नो श्रीमतीको हत्या गरेको खुलेको छ ।
बटेश्वर गाँउपालिका-५, शान्तिपुरकी २८ वर्षीया रिता देवी यादवको आइतबार राति धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।
प्रहरी घटनाको अनुसन्धान गर्दै जाँदा श्रीमानले घरायसी विवादमा श्रीमतीको हत्या गरेको खुलेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
रितादेवीको श्रीमानलाई प्रहरीले नियन्त्रनमा लिई सोधपुछ गरिरहेको जनाईएको छ ।