अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ८ गते।
बारामा गोली दागेर एक भारतीय व्यापारीको हत्या भएको हो ।
भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारास्थित एलएस न्युरो अस्पतालले जनाएको छ ।
शुक्रबार साँझ बाराको महागढीमाई नगरपालिका भुताहा पुल नजिकै चिया पसल नजिक उनीमाथि गोली प्रहार भएको हो।
गोली कसले किन प्रहार गरि उनको हत्या गरेको विषयमा थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रमुखले जानकारी दिए ।