बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट दिए राजीनामा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ८ गते।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आज प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।

मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा पाण्डे प्रतिनिधिसभाका लागि निर्वाचित भएका थिए ।

उनले हिजोमात्रै संघीय सांसदको रुपमा सपथ खाएका थिए । सपथ खाएको भोलिपल्ट आज उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *