अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ९ गते।
सरकार गठनबारे शेरबहादुर देउवा र प्रचण्डबीच आज पुनः छलफल हुने भएको छ ।
शुक्रबार भएको छलफल निष्कर्षविहीन बने पछि आज पुनः छलफल हुन लागेको हो ।
शुक्रबार साँझ भएको छलफलमा दुवै नेताले प्रधानमन्त्रीको दाबी नछाडेपछि सहमति हुन नसकेको बालुवाटार स्रोतले बताएको छ।
प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन् । तर, आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन् ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आइतबार साँझ सकिँदै छ ।