अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २५ गते।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने सरकारले निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्वन्धी कानूनमा खासै परिमार्जन गर्न नपर्ने आयोगले सरकारलाई परामर्श दिएको थियो ।