अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र ८ गते।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर आउँदैछन् ।
आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी मावादी केन्द्रले आज जनकपुरमा आयोजना गरेको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड आउन लागेका हुन् ।
जनकपुरस्थित तिरहुतियागाछीमा हुने प्रशिक्षण कार्यक्रममा २ हजार ५ सय जना नेता–कार्यकर्ता सहभागी हुने माओवादी केन्द्र मधेश प्रदेश समितिका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्य, प्रदेश समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, जनवर्गीय संगठनका प्रतिनिधिलगायत सहभागी हुने छन् ।