अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, चैत्र ७ गते।
अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनबारे छलफल गर्न पोल्याण्ड जाने भएका छन् । यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठक पछि पोल्याण्डको यात्रा गर्ने ह्वाइटहाउसले जनाएको छ।
उक्त भ्रमण नेटो सहयोगीहरू, जि ७ नेताहरू र युरोपेली संघका नेताहरूसँग युक्रेनलाई समर्थन गर्ने अन्तरराष्ट्रिय प्रयासहरूबारे छलफल गर्न र रुसमाथि थप दबाब सृजना गर्न विशेष केन्द्रित हुने ह्वाइट हाउसका प्रवक्ता जेन साकीले विज्ञप्तिमार्फत जनाएका छन् । मार्च २५ मा राष्ट्रपति बाइडेन पोल्याण्डको वारसा पुग्ने र त्यहाँ उनले राष्ट्रपति एन्ड्रेज डुडासँग द्विपक्षीय बैठक गर्ने तयारी छ।