अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २४ गते।
प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ आउदै छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज दमौली आउने भएका छन् ।
सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महतलगायत नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।
कार्यक्रम बिहान साढे १० बजे सुरु हुनेछ ।