निजगढ विमान स्थल कुनैपनि बहानामा सार्न मिल्दैन : मुख्यमन्त्री राउत

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार २ गते।

मुख्यमन्त्री लालबाबु राउतले दोश्रो अन्तराष्ट्रिय विमान स्थल निजगढ कुनै पनि बहानामा सार्न नमिल्ने बताउनु भएको छ ।

निजगढमा विमान स्थल बन्नु पर्ने मांग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समिति संगको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश प्रदेशको विकासका लागी अतिमहत्वपूर्ण निजगढ विमान स्थान सार्ने खेल आफुहरुलाई स्वीकार्य नहुने बताउनुभ यो ।

सर्वोच्च अदालतको फैसलाको पूर्ण अझै आइ नसकेकोले नआतिन निजगढ वासीलाई आग्रह गर्दै मुख्यमन्त्री राउतले पूर्ण पाठमा निजगढ विमान स्थलको लागि साकारात्मक सन्देश आउने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो – निजगढ विमान स्थलप बन्नु पर्नेमा हामी दृढ छौ , तर विमान स्थलनको नाउँमा अनावश्यक रुख कटानी गर्न दिदैनौ । विश्वको सबै भन्दो ठूलो विमान स्थल होइन, नेपालको लागी सुहाउदो विमान स्थल बनाउनका लागी प्रदेश सरकार हर सम्भव प्रतिबद्ध छ ।

विमानस्थलको नाउँमा जंगल नै सिद्धाउने चलखेल हुँदै आएको प्रति निजगढबासी लाई सचेत गराउनु हुँदै मुख्यमन्त्री राउतले निजगढ विमान स्थलको निर्माण प्रक्रिया कागजमा मात्र नभई सतहमा शुरु गर्न गराउनका लागी दवाव दिन आग्रह समेत गर्नु भयो ।

निजगढबासीले केही दिन यता जारी राखेको चक्का जाम सहितको आन्दोलन तत्कालका लागी स्थगन गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले भन्नु भयो ,‘ सर्वोच्चको पूर्ण पाठ नआउञ्जेल सम्मको लागी आन्दोलन स्थगित गर्नुस । पूर्ण पाठ हाम्रै पक्षमा आउछ भनेमा विश्वस्त छु । विपक्षमा आए फेरी आन्दोलन गरौला ।

मुख्यमन्त्री राउतले रिले अनसनमा बसेका आन्दोलनकारीहरु समेतलाई भेटे पछि सरोकार समिति चक्का जाम कार्यक्रम आजै बाट स्थगित गरेका छन भने रिले अनसनलाई निरन्तरता नै दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *