नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे बस्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार ११ गते।

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे बस्दैछ ।

केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिट व्यूरो बैठक शुक्रबार बसेको थियो ।

स्थानीय तह निर्वाचनको समीक्षासमेतका एजेण्डा भए पनि  पार्टीबाट सरकारकामा नेतृत्व गरेका मन्त्री हेरफेर गर्ने विषयले अन्य एजेन्डा ओझेलमा परे ।

हालका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णयका कारण अहिले समाजवादीमा समस्या उत्पन्न भएको छ । मन्त्री र केही सांसदहरू फेरबदलको विपक्षमा उभिएपछि समाजवादीमा समस्या आएको हो ।

आज बस्ने बैठकमा पनि स्थानीय तह निर्वाचनको समीक्षा, पार्टीको संगठन विस्तारलगायतका एजेण्डा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *