मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना बिराटनगरबाट पक्राउ

अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,असार १० गते।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित रानी भन्सार कार्यालयको २ नम्बर ढाँट सिमा क्षेत्रबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर भई हाल झापाको बिर्तामोड नगरपालिका-५ मा डेरा गरी बस्ने २३ बर्षीय हिरा कुमार सहनी र बाराको कोल्वी नगरपालिका-४ कि १९ बर्षीया सिरिसा सिंह महथा रहेका छन् ।

उनिहरुले असार ५ गते बेलुकी ७ बजे बिराटनगरको रानी सिमा क्षेत्रबाट झापा बिर्तामोड कि १३ बर्षीया नावालिकालाई भारततर्फ लैजादै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनाको मानव वेचबिखन तथा ओसारपसार मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *