अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,भदौ ७ गते।
जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका छन् ।
उनले मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन दिएको स्वीकार गरेका हुन् । सञ्चारकर्मीको जिज्ञासामा उनले राजिनामा दिन निर्देशन दिएको कारण भने उनले खुलाउन मानेन् ।
उनले ‘मुख्यमन्त्री स्वच्छता अभियान’ र ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा भ्रष्टाचार भएको आरोप लगाउदै राजीनामा माग गरेका हुन् । मुख्यमन्त्री राउतको प्रत्यक्ष पहल, निगरानीमा सञ्चालित कार्यक्रममा अनियमितता भएको पुष्टिपछि यादवले राजीनामा माग गरेका हुन् ।
मुख्यमन्त्री राउतले पनि राजिनामाको विषयलाई ठाडै अस्वीकार गर्दै भने, मैले राजिनामा किन दिने ?राजिनामा दिनु पर्ने कुनै कारण नभएको दाबी गर्दै पार्टीमा समेत राजिनामाको विषयमा कुनै छलफल अथवा चर्चा समेत नभएको उनले बताए ।