दाङमा बिहानै टिपरमा आगजनी

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ७ गते।

दाङमा एकाबिहानै बन्दकर्ताले टिपर जलाएका छन् ।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । तर बन्दकर्ता आगजनी गरेको भागेका छन् । उनीहरुको खोजी र अनुसन्धान शुरु गरिएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *