अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर ९ गते।
महोत्तरी २ बाट शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।
भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्याएका छन् ।
यस्तै नेकपा एमालेका राम परीक्षण यादवले १० २५८ मत, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत मात्र पाएका छन् ।