अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १४ गते।
उदयपुरको क्षेत्र नं १ मा नारायण खड्का चौथोपटक विजयी भएका छन् ।
उदयपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक-वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका खड्का विजयी भएका हुन्।
खड्काले नेकपा एमाले उम्मेदवार मन्जुकुमारी चौधरीलाई २ हजार ३७९ मतले पछि पारेका थिए ।
खड्काले ३१ हजार २७० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छिन् । उदयपुर १ बाट खड्का २०६४, ०७० र ०७४ मा निर्वाचित भएका थिए ।