चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,मंसिर १४ गते। 

चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ ।

ल्युकेमिया र शरिरका अंगहरुले काम गर्न छाडेपछि बुधबार निधन भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

जेमिन सन् १९८९ को तियानमेन स्क्वायर आन्दोलनपछि चीनको नेतृत्वमा निर्वाचित हुनुभएको थियो । रिपोर्टका अनुसार सन् १९९३ मा सत्ता प्राप्त गरेपछि उहाँले झण्डै एक दशकसम्म चीनमाथि आफ्नो कब्जा जमाउनु भएको थियो ।

जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *