आज नेपाल पीएनजी विरुद्ध प्रतिस्पर्धा गर्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र ८ गते।

आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आज पीएनजी विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

दुबई क्रिकेट रङ्गशालामा नेपालले पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजे सुरु हुनेछ ।

नेपालले यस अघि पीएनजीविरुद्ध तीन एक दिवसीय खेल खेलेको छ । सबै खेलमा नेपालले जित निकालेको छ । तर पछिल्लो समय नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्दै आएकोमा नेपाललाई पीएनजीविरुद्ध खेल्न सहज हुने छैन ।

युएई सिरिजमा नेपाल तथा पीएनजीको अन्तिम खेल हो । अन्तिम खेलमा दुवै टोली जितका साथ सिरिज अन्त्य गर्न चाहन्छन् । युएई सिरिजको तीन खेल खेलिसक्दा पछिल्लो दुई खेलमा नेपाल पराजित भएको छ। दुवै खेल नेपालले युएईसँग हारेको थियो भने पीएनजीले तेस्रो खेलमा युएईलाई हराएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *