निर्वाचित वडा अध्यक्ष सहित दर्जनौं नेताहरु गरे एमाले प्रबेश

अनलाईन न्युजपाटी,कृष्णा यादव ,बिरगंज,समाचारदाता, चैत्र ८ गते।

जनता समाजवादी (जसपा) बाट निर्वाचित दुईजना वडा अध्यक्ष सहित सयौको सङ्ख्यमा जसपा पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेका छन्।

जनता समाजवादीवाट निर्वाचित वीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले जसपा पार्टी परित्याग गरि एमाले  प्रबेश गरेको केही दिन पछि २ जना वडा अध्यक्ष सहितको टोलीले काठमाडौ स्थित रहेको केपी ओली निवासमा पुगि पार्टी प्रबेश गरेका छन्।

जसपा बाट निर्वाचित वीरगंज वडा नम्बर  २८ का वडाध्यक्ष जयनारायणसिंह कुर्मी र वडा नम्बर २५ का वडाध्यक्ष विश्वराजप्रसाद कुर्मीसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा जसपा प्रदेश सदस्य अजय साह, पर्साका जिल्ला समन्वय समितिका सदस्य अमोद यादव र जसपा वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौको वडा कमिटीका उपाध्यक्ष महम्दिन मियाँ पवरिया सँगै विभिन्न वडाका वडा सदस्यहरु रहेको एमाले पर्साले जनाएको छ । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । ओलीनिवास बालकोटमा एक कार्यक्रमबीच उनीहरु एमाले प्रवेश गरेका हुन् ।

सो अवसरमा नेकपाका केन्द्रिय सदस्य एवं पर्सा ईनचार्ज प्रभु हजरा, केन्द्रिय सदस्यहरु निर्मला देवकोटा, राजकुमार गुप्ता, संबिधान सभा सदस्य बिचारी यादव,नेताहरु बसरुदिन अंसारी, शम्भु गुप्ता, मनोज गुप्ता,जालिम मियाँ ,युवा नेता रामकिसोर सिंह पराग,चन्दन मिश्रा , संजु छतकुली लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *