आइपीएलमा रोयल च्यालेन्जर्स बेंगलोरले लखनउ सुपर जाइन्ट्सलाई १८ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,वैशाख ७ गते।

आइपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपर जाइन्ट्सलाई १८ रनले पराजित गरेको छ ।

१८२ रनको विजयी लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६३ रनमा समेटियो । लखनऊका क्रुनाल पान्ड्याले  सर्वाधिक ४२ रन बनाए । लोकेश राहुलले ३० रनको योगदान गरे । ​बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८१ रनको योगफल तयार पार्यो ।

बेंगलोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ९६ रन बनाए । लखनऊका दुश्मन्था चामिरा र जेसन होल्डरले समान दुई  विकेट लिए ।​ जितपछि  बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंक जोडेर दोस्रो स्थानमा छ । लखनऊ ७ खेलमा ४  जित र ३  हारसहित चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *