त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४५ ग्राम सुनसहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख ६ गते।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४५ ग्राम सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुली तिनपटन गाउँपालिका-३ वतन भएका २२ वर्षीय हेमराज न्यौपाने र धादिङ निलकण्ठ नगरपालिका-७ वतन भएका ३४ वर्षीय राजेन्द्र अधिकारी रहेका छन् ।

एयर अरेबियाको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट मंगलबार पक्राउ गरेको हो ।

हेमराजको साथबाट ४५ ग्राम तौल बराबरको १ थान सुनको सिक्री र १ थान आईफोन १३ प्रो म्याक्स त्यस्तै राजेन्द्रको साथबाट पनि ४५ ग्राम तौल बराबरको १ थान सुनको सिक्री र १ थान आईफोन प्रो म्याक्स बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *