अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख ६ गते।
आज पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८४७ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ३९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।