विश्व कप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल अमेरिकासँग खेल्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २८ गते।

आइसिसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत एकदिवसीय शृङ्खलामा नेपालले आज शनिवार अमेरिकासँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे अमेरिकाको ह्युस्टनमा सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल १३ खेलमा ६ मा जित र सातमा हारका साथ छैटौँ स्थानमा छ ।

नेपालको १२ अङ्क रहेको छ । त्यस्तै अमेरिका २१ खेलमा १० मा जित र ११ हारसहित २० अङ्ककासाथ चौथो स्थानमा रहेको छ ।

ओमान ३४ खेलमा ४२ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *