अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ ३१ गते।
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल आज ओमानसँग खेल्दै छ ।
यो खेल नेपाली समयअनुसार राति सवा ९ बजेपछि सुरु हुनेछ ।
शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको हो ।
लिग टू मा सहभागी ७ टिमले कुल ३६ खेल खेल्न पाउने प्रावधान अनुसार ओमान आज अन्तिम खेल खेल्दैछ । ३५ खेल खेलिसकेको ओमान ४४ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा छ र अर्को वर्ष हुने एक दिवशीय विश्वकपको ग्लोबल छनोटमा आफ्नो स्थान लगभग बनाइसकेको छ ।
यता नेपाल भने आधा खेल पनि खेलेको छैन । ओमानसँगको खेल लिग टू मा नेपालको लागि १५औं खेल हुनेछ । नेपाल १४ अंकसहित छैटौं स्थानमा छ ।