इङ्ग्ल्यान्डविरुद्धको तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज भारतले जित्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २ गते।

भारतले इंग्ल्यान्डविरूद्धको तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ।

आइतबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा भारत ५ विकेटले विजयी भयो ।

इङ्ग्ल्यान्डले दिएको २६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा ऋषव पन्तले सर्वाधिक १२५ रन बनाए । इङ्ग्ल्यान्डका रीच टोप्लेले ३ विकेट लिए ।

यसअघि म्यानचेस्टरमा पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ४५ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २५९ रन बनायो । इङ्ग्ल्यान्डका जोस बट्लरले सर्वाधिक ६० रन बनाए । भारतका हार्दिक पाण्डेयले ४ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *